३ कार्तिक २०८३, मंगलबार

कराेड क्लवमा भित्रियाे ‘काइँयो र ऐना’

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका मधु क्षेत्री र गायक खेम सेञ्चुरीको स्वरमा ‘काइँयो र ऐना’ बोलको लोक तथा दोहोरी गीतले आफ्नो बर्चश्वलाई कायम राखेको छ ।

युट्युबमा यो गीतले एक करोडभन्दा धेरै भ्यू पाएको छ । टिकटकमा समेत ‘काइँयो र ऐना’ हिट बनेको छ ।

युट्युबमा ‘काइँयो र ऐना’ले आधिपत्य जमाइरहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतका संगीतकार सेञ्चुरी हुन् ।

गायिका मधु क्षेत्रीले ‘काइँयो र ऐना’बाट दर्शक स्रोतले दिएको मायाप्रति आभार व्यक्त गरेकी छिन् । उनले गीतको सम्पूर्ण टिमको मेहनको फल भएको बताइन् ।

‘काइँयो र ऐना’को म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमस शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।