
काठमाडौँ, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
मंगलबार निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोलको २ रुपैयाँले बढाएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिएका छन् ।
काठमाडौँमा अब पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ हुनेछ ।
निगमले डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्यमा भने वृद्धि गरेको छैन ।















प्रतिक्रिया