काठमाडौं, ४ चैत । गृह मन्त्रालयले बुधबार २८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को समेत सरुवा गरेको छ ।
गृहको सूचनाअनुसार सहसचिव कृष्णप्रसाद देवकोटालाई गृह मन्त्रालयमै पदस्थापन गरिएको छ । मेघनाथ काफ्लेलाई अध्यागमनको प्रमुख बनाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई कारागार व्यवस्था विभागको महानिर्देशक बनाइएको छ । डोटीका सिडिओ लोकनाथ पौडेललाई सरुवा गरेर दाङ पठाइएको छ ।
दाङका सिडिओ पर्शुराम आचार्यलाई क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रिय सह प्रशासक बनाइएको छ । सहसचिव विष्णुप्रसाद ढकाललाई हेटौडा क्षेत्रीय प्रशासन कार्यालयको सह प्रशासक बनाइएको छ ।
सहसचिव मनोहरप्रसाद खनाललाई पदस्थापन गरी डोटीको प्रजिअ बनाइएको छ । त्यस्तै विनोदबहादुर कुँवर बर्दिया, इन्दु घिमिरे स्याङ्जा, वलदेव गौतम सुर्खेत र विजयनारायण मानन्धरलाई धनुकुटाको प्रजिअमा पदस्थापन गरिएको छ ।
धनकुटाको सहक्षेत्रीय प्रशासकमा कालीप्रसाद पराजुलीलाई पदस्थापन गरिएको छ । मकवानपुरका प्रजिअ केशवराज घिमिरेलाई पर्सा जिल्ला प्रशासनमा सरुवा गरिएको छ। थप विवरण तालिकामा हेर्नुहोस् ।

















प्रतिक्रिया