१ कार्तिक २०८३, शनिबार

उपत्यका वरिपरि ५ लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरि ५ लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिएका छन् छ । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई ७ वटा भाषा नेपाली, हिन्दी, चाईनिज, अरबी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययीता कायम गर्न, विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न पनि निर्देशन दिएका छन् । उनले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड–१९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम निकुञ्जलगायत भर्चुअल टुरको सामग्री तयार गर्न निर्देशन दिएका छन् ।

मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकीय क्षेत्रका वृत्तचित्र लगायत सामग्रीहरु प्रकाशन तथा प्रशारण गर्न आग्रह गरेका छन् । कोभिडका कारण पर्यटन ब्यवसायी, पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई उनले निर्देशन दिएका छन् ।

विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरुसग नेटवर्क विस्तार गर्न समेत उनले आग्रह गरेका छन् । कोभिड–१९ ले सबै भन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के–के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन उनले आग्रह गरेका छन् ।