
कपिलवस्तु, १५ भदौ । मायादेवी गाउँपालिका–२ मा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।
कररी गरेको आरोपमा मायदेवी गाउँपालिका–२ अभिराबका २२ वर्षीय राम अवतार केवटलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । ईलाका प्रहरी कार्यालय पकडीले ती युवालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया