१ कार्तिक २०८३, शनिबार

नाग्माका पहिरोपीडितप्रति कांग्रेसद्वारा सहानुभूति प्रकट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसले कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्माको पहिरोबाट प्रभावितहरुप्रति सहानुभूति प्रकट गरेको छ ।

पहिरोमा पुरिएर एकै परिवारका १ सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको हो ।

‘पहिरोमा परी जीवन गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ’, सोमबार कांग्रेसद्वारा जारी प्रेस विज्ञिप्तिमा लेखिएको छ, ‘कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, पीडित परिवारहरुलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।’