१ कार्तिक २०८३, शनिबार

बेइजिङमा भेटिए कोरोना भाइरसका नयाँ संक्रमित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, १५ भदौ । चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका बताइएको छ ।

सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्किएका छन् ।

संक्रमित १७ जना नै विदेशबाट आएका नागरिक भएको चीनले बताएको छ ।

चीनमा यो समेत गरी ८ हजार ५४८ जना संक्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।