३ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरका पत्रकारको विवादबारे मानवअधिकारको चासो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalभीमदत्तनगर, ४ चैत । कञ्चनपुर महेन्द्रनगरस्थित रेडियो नागरिक र पत्रकार दिया चन्दबीचको विवादको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ ।

आयोगको क्षेत्रीय कार्यालय धनगढीका निमित्त निर्देशक मोहनदेव जोशी नेतृत्वको मानवअधिकारकर्मीको टोली घटनाबारे यथार्थ जानकारी लिन मङ्गलबार महेन्द्रनगर पुगेको थियो । टोलीले नेपाल पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण तिवारी, रेडियो नागरिकका अध्यक्ष शङ्करदत्त जोशी, निवर्तमान प्रबन्ध निर्देशक अशोक पाण्डेय र प्रबन्ध निर्देशक श्याम भट्टसित घटनाका बारेमा जानकारी लिएको छ ।

टोलीले जिल्ला प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेसहितको सरकारी निकाय र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता डिडी पाण्डेयसँग पनि घटनाबारे जानकारी लिएको छ । टोलीले दोस्रो चरणमा पत्रकार चन्दसँग घटनाबारे जानकारी लिएर मानव अधिकार आयोगको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

पत्रकार चन्दलाई रेडियो नागरिकले नौ महिनाको पारिश्रमिक नदिएको भन्दै सो विषयमा छलफलका क्रममा झन्डै एक साताअघि नेकपा माओवादीका कार्यकर्ताले रेडियो नागरिकका प्रबन्ध निर्देशक श्याम भट्टमाथि धरकपड गरेका थिए ।

रेडियो नागरिकका प्रबन्ध निर्देशक भट्टले आफूमाथि धरपकड गर्ने छ जनाविरुद्ध सार्वजनिक मुद्दा दायरसमेत गर्नुभएको थियो । यससम्बन्धी विवाद सल्टाउन नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिले महासङ्घका उपाध्यक्ष अनिता बिन्दुको संयोजकत्वमा टोलीसमेत गठन गरेको छ । रासस