१ कार्तिक २०८३, शनिबार

होम आइसोलेसनमा अर्को संक्रमितको पनि मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १५ भदौ । कोरोना संक्रमितलाई राख्न अस्पतालहरुमा पर्याप्त बेड र जनशक्तिको अभाव हुँदै गएपछि कोरोना संक्रमितहरुको घर–घरमै मृत्यु हुन थालेको छ ।

तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति घरमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती महिला होम आइसोलेसनमै बसेकी थिइन् ।

उनको भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि आइतबार भक्तपुरमा पनि एकजना कोरोना संक्रमितको घरमै मृत्यु भएको थियो ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरूषको होम आइसोलेसनमा मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्–