१ कार्तिक २०८३, शनिबार

फेवा सिटीमा उपचाररत बिरामीसहित पोखरामा ४ जनामा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ भदौ । गण्डकी प्रदेशमा सोमबार बिहान थप ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशको कास्की, तनहुँ , गोरखा र लमजुङका २ महिला तथा ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

निर्देशनालयले पोखराको फेवा सिटी हस्पिटलमा उपचाररत लमजुङको बेसीसहरकी ७१ वर्षीया महिलासहित पोखरा ६ का ३७ वर्षीय पुरुष, पोखरा–८ का ५५ वर्षीय पुरुष र पोखरा १५ का ५६ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिएको छ ।

त्यसैगरी तनहुँको भानु–५ का ४४ वर्षीय पुरुष तथा गोरखा १३ का ३२१ र ३६ वर्षीया २ महिलामा समेत कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १४४ पुगेको छ ।