१ कार्तिक २०८३, शनिबार

५४ वर्षीय छिमेकीद्वारा ९ वर्षीया बालिका बलात्कृत

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ भदौ । पोखरामा ५४ वर्षीय छिमेकीद्वारा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकाका बुबाआमा दुबै जना विदेश छन् भने अभियुक्त बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई लामै समयदेखि चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउने गरेको पाइएको छ ।

बालिकाले ४–५ महीनादेखि उनले यस्तो काम गर्दै आएको बताएकी छन् । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले बताएको छ ।

बलात्कारगरेको आरोपमा अभियुक्त ५४ वर्षीय रेसबहादुर गुरुङलाई प्रहरीले स्यांजाबाट पक्राउ गरेको छ । बालिका बलात्कार गरेको छिमेकीले थाहा पाएपछि उनी फरार थिए ।

आफन्तले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए ।