
काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट प्रहरीले करीब ३ लाख रुपैयाँ नगदसहित १२ जना जवाडे पक्राउ परेका छन् ।
बौद्धको सिमलटारस्थित दावा शेर्पाको घरमा जुवातास खेलीरहेको अवस्थामा ३६ वर्षीय दावासहित अन्य १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९० हजार २२० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्वाइन बरामद गरेको छ ।















प्रतिक्रिया