
काठमाडौं, १४ भदौ । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजदेखि सुरु भएको छ ।
हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एकहप्तासम्म मनाइने इन्द्रजात्रा यो वर्ष खल्लो भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण यो पर्व घर–घरमा मात्र सीमित हुने भएको छ ।
हनुमानढोका दरबारअगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा भए पनि यो वर्ष यो परम्परा भंग भएको छ ।
आइतबार बिहान ८ बजेर ७ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याउने साइत थियो । त्यसो गर्न नसकिए पनि बिहान साधारण पूजा मात्र गरिएको केन्द्रीय मानन्धर संघका गजेन्द्र मानन्धरले जानकारी दिए ।
त्यस्तै आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवी नाच, महाकाली नाच, आकाश भैरवलगायतका परम्परागत सांस्कृतिक मूर्ति र नाचले प्राचीन सांस्कृतिक नगर झकिझकाउ गरिने गरिन्थ्यो ।















प्रतिक्रिया