१ कार्तिक २०८३, शनिबार

सर्पले डसेको बच्चालाई बचाउन खोज्दा चेवनको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १४ भदौ । बाँकेमा मोटरसाइकल दुर्घटनामा परि एक जना शिक्षकको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ कुसुम घर भई नेपालगन्जस्थित महाराजा माविमा कार्यरत ३३ बर्षीय शिक्षक चेवन देवकोटाको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगन्जमा दुर्घटनामा परी मृत्यु भएको हो । उनले हाँकेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उनको मृत्यु भएको हो ।

आइतबार बिहान ३ बजे उनको कुसुम घर नजिक छिमेकीको बच्चालाई सर्पले डसेपछि उनले उद्दारका लागि नेपालगन्ज ल्याउँदै गर्दा शम्शेरगन्ज सशस्त्र प्रहरी चेक पोस्टमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार निज बच्चा र बच्चाको आमाको अवस्था सामान्य रहेको छ । दुबै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।