३० आश्विन २०८३, शुक्रबार

कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ जना नेपालीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १४ भदौ । कोभिड–१९ बाट यो साता विदेशमा रहेका थप ३ जना नेपालीको मृत्यु भएको छ ।

यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार थप ३ जनासहित शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको मृत्यु भएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७०१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३२ हजार ५११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।