३ कार्तिक २०८३, मंगलबार

एसएलसीका लागि जिल्लाभर एउटा मात्र परीक्षा केन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc Examमुस्ताङ, ४ चैत । प्रवेशिका परीक्षा २०७१ सञ्चालनका लागि हिमाली जिल्ला मुस्ताङमा एकवटा मात्र परीक्षा केन्द्र तोकिएको छ ।

विद्यार्थी सङ्ख्या न्यून रहेका कारण जिल्लाभर एउटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ । बिहीबारबाट सुरु हुने परीक्षामा जिल्लाबाट ११७ विद्यार्थी सहभागी हुँदैछन् ।

त्यसमध्ये ११६ जना नियमित र एकजना आंशिकतर्फका विद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार, परीक्षामा ५९ छात्रा र ५७ छात्र सहभागी हुनेछन् ।

“थोरै परीक्षार्थी रहेका कारण धेरै परीक्षा केन्द्रको आवश्यकता परेन, यहाँको सम्पूर्ण तयारी पूरा भएको छ”, जिशिअ न्यौपानेले भन्नुभयो, “जिल्ला सदरमुकाममा रहेको जनहित उच्च माविमा परीक्षा सञ्चालन हुनेछ ।”

एसएलसी परीक्षामा जिल्लामा सात सामुदायिक र एक निजी विद्यालय गरी आठ विद्यालयबाट विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ । रासस