
आवश्यक स्रोतसाधनले पुगोस् नपुगोस् अहिले हाम्रो समाज तीव्र विकास र परिवर्तनको चाहना बोकेर अगाडि बढेको छ ।
तर, जनताको अपेक्षा र मुलुकको वास्तविक अवस्थाबारे भने कसैले पनि खोजीनीति गरेको पाइँदैन । त्यसले यतिबेला मुलुकका सबै प्रकारका नेतृत्व र जनताबीचको सम्बन्धमा दरारको अवस्था सृजना भइरहेको छ, आखिर किन ?
अपेक्षाः सबै विकास निर्माणहरू छिटो सम्पन्न होस् । जनताको आयस्तर वृद्धि होस् । गुणस्तरीय आधारभूत आवश्यकता सुनिश्चित होस् । विभेदहरू अन्त्य र न्यायपूर्ण समाज निर्माण होस् आदि आदि ।
वास्तविकताः वास्तविक समाज हामीले भोगेको चाहिँ हो । यो बदल्न निकै कठिन छ । हामी माथितिर र अरुलाई दोष दिन्छौं । तर, समस्या हामी आफैंभित्र छ । परिवार–परिवार मिलेर समाज र समाज–समाज मिलेर देश बन्ने हो । समस्याको वास्तविक जड परिवारमा नै छ ।
परिवारका सदस्यहरू बीचको सम्बन्धले हाम्रो सामाजिक बनोटमा ठूलो प्रभाव पारेको हुुन्छ । हामी हाम्रो समाज बनाउन अरुको र बाह्य सहयोगको अपेक्षा गर्दछौं । समाज मिलेर आफैं गर्न नसक्ने काम पक्कै सरकारले गर्नु पर्छ । तर, समाजका सदस्यहरू मिलेर गर्नु पर्ने काम कहिल्यै सरकारले गर्दैन किनकि सरकारसँग त्यति धेरै स्रोतसाधन हुँदैन ता कि सबै समाजमा सबै काम सरकारले गरोस् ।
हामी हाम्रो समाजका सबै काम सरकारले गरोस् भन्ने ठान्छौं जब कि त्यो सबै काम सरकारले गर्नै सक्दैन । त्यसो भएपछि स्रोतमाथि संघर्ष चल्न थाल्छ । एक ठाउँको राज्यले गर्नै पर्ने कामको स्रोत अर्को ठाउँमा समाजले गर्नु पर्ने काममा लगाइन्छ । विकासमा असमानता देखिन थाल्छ । सामाजिक अन्तरविरोध पैदा हुन्छ । अर्को समाजले पनि त्यहँ गर्न खोज्छ ।
अब स्रोत विनियोजन गर्न नेतृत्व कब्जा गर्ने सोच बढ्न थाल्छ । नेतृत्व एकपाखे बन्न पुग्छ । त्यो नेतृत्वप्रति झन् असन्तुष्टि बढ्न थाल्छ । त्यसलाई फेर्न फेरि अर्को निर्वाचन कुर्नु पर्ने हुन्छ । यो प्रक्रियाले १०–१५ वर्ष बित्छ । १५ वर्षको अन्तरालमा अहिलेको ५ वर्षको बच्चा जिम्मेवार नागरिक बनिसकेको हुन्छ ।
त्यसैले समाज आफैंले गर्न सक्ने कामहरूका लागि कसैको मुख नताकौं । हाम्रो परिवार र हाम्रो समाज हामीले नै बनाउने हो । हामीले जीवन बिताउने हाम्रो समाज हामी आफैंले बनाउनुपर्छ । स्रोत, समय र पसिना हामीले नै खर्चनु पर्छ । आफ्नो आँगनअगाडिको सडकको पानी नकटाउने । आफ्नो खानेपानीको स्रोतको व्यवस्थापन आफैं नगर्ने, …. । आफ्नो समाजका अन्तरविरोध हल गर्न हामी नलाग्ने हो भने हाम्रो समाज कसैले राम्रो बनाइदिने छैन् ।
सामाजिक गतिविधिहरूको प्रभाव उसमा पनि परेको हुन्छ । २० वर्षसम्म एउटै कुरा दोहोरिरहेको उसलाई मन पर्दैन । उसले त्यो समाज नै छोड्छ । बसाइँ सर्छ र अर्को समाजमा समाहित हुुन पुग्छ । पुरानो समाजले एउटा सदस्य गुमाउँछ ।
मैले स्पष्ट पार्न खोजेको के हो भने हाम्रो सामाजिक अपेक्षा र वास्तविकताबीच ठूलो खाडल छ । समाजले राखेको अपेक्षा पुरा गर्न हामीसँग प्रयाप्त स्रोत कहिल्यै हुने छैन, हुने देखिदैन पनि । त्यसो हुँदा हाम्रो समाजमा सामाजिक अन्तरविरोध अझै बढ्दै जाने छन् । हाम्रो नेतृत्व निर्माणको तरीकामा पनि त्रुटि देखिन्छ । नेतृत्वबाट व्यक्तिहरूले राखेको व्यक्तिगत अपेक्षा झन् खराब देखिन्छ ।
त्यसैले समाज आफैंले गर्न सक्ने कामहरूका लागि कसैको मुख नताकौं । हाम्रो परिवार र हाम्रो समाज हामीले नै बनाउने हो । हामीले जीवन बिताउने हाम्रो समाज हामी आफैंले बनाउनुपर्छ । स्रोत, समय र पसिना हामीले नै खर्चनु पर्छ । आफ्नो आँगनअगाडिको सडकको पानी नकटाउने । आफ्नो खानेपानीको स्रोतको व्यवस्थापन आफैं नगर्ने, …. । आफ्नो समाजका अन्तरविरोध हल गर्न हामी नलाग्ने हो भने हाम्रो समाज कसैले राम्रो बनाइदिने छैन् ।
नेतृत्व सामुहिक हुन्छ । नेतृत्वभित्र अधिकार बाँडफाँट गरिएको हुन्छ । नेतृत्व र त्यसको कमान्डमा चल्नु पर्ने एक जना सदस्यले मात्र कमजोरी गर्दा पनि समग्र नेतृत्व कमजोर हुने गर्छ । झन् हाम्रो जस्तो ‘मनपरितन्त्र’मा रमाउने समाजलाई चलाउन त नेतृत्वलाई आच्छु आच्छु पर्छ । यो क्रम चलिरहेको हुनेछ ।
समृद्धि हाम्रो समाजको कल्पना मात्र हुनेछ । तसर्थ अब हामी बदलिनु पर्छ । सबैभन्दा पहिला हामी आफैं बदलिनु पर्छ । हाम्रो चिन्तनमा समीक्षा गर्नु पर्छ । हाम्रो उद्देश्यमा सकारात्मक परिवर्तन गर्नु पर्छ । कार्यशैलीमा परिवर्तन गर्नुपर्छ । स्वर्ग जान नर्कको टिकट काट्यौं भने हामी कहिल्यै स्वर्ग पुग्ने छैनौं ।
जनतालाई ढाँट्न छोडौं । भित्र अवस्था जे हो त्यही भनौं । अपेक्षा र वास्तविकता बीच ठूलो खाडल छ ।
दुलाल शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष हुन् ।













प्रतिक्रिया