इटहरी, ४ चैत । छोरीलाई अश्लील भिडियो देखाएर इटहरीमा एक बाबुले आफ्नै छोरीको बलात्कार गरेका छन् । ११ वर्षीय ती बालिकालाई श्रीमती नभएको मौकामा ती बाबुले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपी आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको अश्लील पोर्न भिडियो देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।
इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारि दिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरेकी छिन् ।
छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन ।
बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो ।
इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले बताइन ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन् । बलात्कारी बाबुलाई जिल्ला अदालत इटहरीले १५ वर्षको जेल सजाय सुनाएको छ ।















प्रतिक्रिया