३० आश्विन २०८३, शुक्रबार

बेलायतमा काेराेनाबाट अध्यक्ष शेर्पाका मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार दिउँसो शेर्पाको मृत्यु भएको हो । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा मृत्यु भएको हो ।

गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो । तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा संक्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक शेर्पा तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । शेर्पाका बुबाआमा भने नेपालमै छन् ।