३ कार्तिक २०८३, मंगलबार

कैदीबन्दीले कारागारबाटै एसएलसी परीक्षा दिने पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balak In Jail

लाम, ३ चैत । यही चैत ५ गतेदेखि हुन लागेको एसएलसी (प्रवेशिका) परीक्षामा इलाम कारागारमा रहेका चारजना कैदीबन्दीले परीक्षा दिने भएका छन् ।

विभिन्न अभियोग लागेर पुर्पक्षका लागि कारागार चलान भएका उनीहरूले कारागार भित्रबाटै परीक्षा दिनपाउने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ ।

परीक्षामा सहभागिता जनाउनेमध्ये खुल्लातर्फको नियमित परीक्षार्थी योगराज शिवाकोटी छन् । उनले भगवती उच्च मावि गोलाखर्कबाट फारम भरेका थिए । यस्तै एक्जाम्टेडतर्फ बालकन्या मावि सोयाकका अमृत फागो छन् । करफोक उच्च माविबाट दिपेश राई रहेका छन् भने सरस्वती उमावि बाँझोका दीपक लिम्बुले पनि एक्जाम्टेड समूहबाटै परीक्षा दिने जिल्ला शिक्षा कार्यालय इलामका प्राविधिक सहायक अम्बिकाप्रसाद खनालले जानकारी दिनुभयो ।