३ कार्तिक २०८३, मंगलबार

एसएलसीको तयारीमा रहेका विद्यार्थीको रहस्मय हत्या भएपछि चितवनमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), ३ चैत । पूर्वी चितवनको खैरहनीस्थित आदर्श शिक्षा सदनको होस्टेलमा भएको एक विद्यार्थीको मृत्युको विषयलाई लिएर आज स्थानीयले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन गरेका छन् ।

पूर्वी चितवनको कठार गाविसका स्थानीय बासिन्दा ट््र्याक्टर रिजर्व नै गरेर प्रहरी कार्यालय आई प्रदर्शन गरेका हुन् ।

उनीहरूले विद्यार्थीको मृत्यु आत्महत्या नभई हत्या भएको आरोप लगाउँदै दोषीमाथि कारबाही गर्न मागसहित आज प्रदर्शन गरेका हुन् ।

मृतक विद्यार्थीको शरिरका विभिन्न भागमा निलडाम भएको र खुट्टामा समेत काटेको र रगतपच्छे अवस्थामा शव रहेकाले यो हत्या नै भएको आन्दोलनमा सहभागी स्थानीय रामबहादुर दाहालले दाबी गर्नुभयो ।

चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले घटनाको अनुसन्धान भइरहेको र सो विषयमा शव परीक्षणसमेत गर्न नदिएर अनुसन्धान प्रभावित भएको बताउनुभयो ।

चितवनमा बिहीबारदेखि हुने एसएलसी परीक्षाको तयारीमा रहेका कठार गाविसका कक्षा १० मा अध्ययनरत विद्यार्थी गौरव बस्नेतको चैत १ गते विद्यालयको छात्रावासमा मृत्यु भएको थियो ।