३० आश्विन २०८३, शुक्रबार

जनसम्पर्क समिति युरोपलाई कांग्रेसको १४औं महाधिवेशनमा सहभागी गराउन माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत । नेपाली जनसम्पर्क समिति यूरोपले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी गराउन सभापति शेरबहादुर देउवासमक्ष माग गरेको छ ।

समितिका सभापति दिल गुरुङ र महामन्त्री गंगाधर गौतमले प्रेस विज्ञप्ति जारी गर्दैै गत वर्ष संशोधित कांग्रेसको विधानले १३औं महाधिवेशनको भावनालाई कुल्चिएको ठहर गरेको छ ।

नेपालको संविधानले समेत विदेशमा बस्ने नेपालीहरुका लागि गैरआवासीय नेपाली नागरिकतालाई मान्यता दिएको अवस्थालाई समेत कुल्चेर पार्टीले विदेशी नागरिकता लिएका भन्दै हजारौं कार्यकर्तालाई पार्टीको क्रियाशिल सदस्यताबाट बञ्चित गराउन खोजिनु उचित नभएको नेपाली जनसम्पर्क समिति युरोपको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान र लोकतन्त्रवादीहरुको भावना अनुरुप सबैलाई १४औं महाधिवेशनमा भाग लिन पाउने वतावरण तयार गर्न पार्टी समक्ष आग्रह गरेको हो । यसका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिको म्याद सकिएका देशहरुमा तत्काल अधिवेशनको मिति तय गरी अघि बढ्न समेत सबै पक्षसँग आग्रह गरेको छ ।

यस्तै, कोभिड १९ को प्रभावका कारण विदेशमा रहेका नेपाली समुदायप्रति नेपाल सरकारले देखाएको उदासिनताप्रति नेपाली जनसम्पर्क समिति युरोपको ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणको रोकथामको लागि सरकारले प्रभावकारी कदम चाल्नुको सट्टा स्वास्थ्यसम्वन्धी सामग्री, चार्टड उडानलगायतमा सरकार आर्थिक चलखेलमा मुछिनु निन्दनीय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।