काठमाडौँ, ३ चैत । नेकपा एमालेका शीर्ष नेता माधवकुमार नेपाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।
एमाले नेता नेपालले मंगलबार बिहान प्रचण्डलाई टेलिफोन गरी आन्दोलन छाडेर वार्तामा आउन र वार्ताबाटै समाधान खोज्न सुझाव दिनुभएको हो । जवाफमा प्रचण्डले दलहरुबीच सहमति हुन सक्ने कुराहरु नरहेको बताएको नेपालले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता नेपालले जानकारी दिनुभयो ।
एमाले नेता नेपालले माओवादीले घोषणा गरेको दोस्रो चरणको आन्दोलन, संविधान निर्माण, दलहरुबीचको वार्ता प्रक्रिया लगायतका विषयमा प्रचण्डसँग भलाकुसारी गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दैनिक नेपाल डटकमलाई जानकारी दिनुभयो ।
















प्रतिक्रिया