काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नेता तथा सभाषद् गगन थापाको नाम विश्वकै युवानेताको सूचीमा परेका छन् ।
विश्व आर्थिक फोरमको यो वर्षको विश्व युवानेताको सूचीमा नेपालबाट नेता थापासहित दुई जना परेका हुन् ।
नेता थापासंगै चाइल्ड रिच संस्थाका नेपाल निर्देशक डा. छिरिङ लामा पनि विश्वको युवा नेताको सूचीमा नाम लेखाउन पाएका छन् ।
यसवर्ष विश्वभरीबाट १ सय ८७ जना सूचीमा समावेश भएका छन् । आर्थिक र गैर आर्थिक क्षेत्रमा सक्रिय ४० वर्ष मुनिका व्यक्तिबाट सो संस्थाले सूची बनाउने गर्दछ ।















प्रतिक्रिया