७ कार्तिक २०८३, शनिबार

सरकारद्वारा राष्ट्रकवि स्व.घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ भदाै । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिएकाे छ ।

बुधबार बिहान घिमिरेकाे घरमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले उनकाे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका हुन् ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो ।

उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती-मङ्गले’ गीतिनाटकलगायत प्रसिद्ध छन् ।