६ कार्तिक २०८३, शुक्रबार

सर्वोच्चका थप एक कर्मचारीमा कोरोना पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । सर्वोच्च अदालतका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अदालतका १ सय ८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार थप एक जनामा संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।

गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी रहेको बताइएको छ ।

यससँगै सर्वाेच्चमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको जोखिमकै कारण अदालतले अघिल्लो हप्तादेखि अदालतका अधिकांश काम कारवाही बन्द गरेको थियो ।