
काठमाडौँ, २ भदौ । चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा एकै दिन ५० जना संक्रमित फेला परेका हुन् । ३ सय ५ जनाको गरिएको पीसीआर परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।
थपिएका संक्रमितहरु चितवन भरतपुर, मकवानपुर, बारा र गोरखा जिल्लाका रहेका छन् ।
संक्रमितहरु भरतपुरका ४ जना महिला, राप्तीका २ महिलासहित ४२ जना, हेटौँडाका १ जना महिला, बाराका १ महिला १ जना पुरुष र गोरखाका १ महिला रहेका छन् ।















प्रतिक्रिया