
मकवानपुर, २ भदौ । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडा उपमहानगरपालिका ६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी होहल्ला गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई सोही ठाउँस्थित रामनगर बस्ने २६ वर्षीय भक्तराम राउत समेत ४ जनाले खुकुरी प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
खुकरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।















प्रतिक्रिया