
काठमाडौँ, १ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्स बेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्स बेरी अफर ल्याएको छ ।
यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ्र । यो अफर अन्तर्गत ग्राहकहरुले सेल्स बेरी डिपार्टमेन्ट स्टोरको २३ वटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एण्ड पेमार्फत भुक्तानी गरे १५ प्रतिशत छुट ९ अधिकतम रु ५००० पाउने छन् ।
सेलपे सेल्स बेरी अफरमा सहभागीभई डिस्काउन्ट पाउनको लागि सेल्स बेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र सेलपे एप्पमा रहेको “पे मर्चेन्ट” क्लिक गरि, काउन्टरमा रहेको स्क्रीनमा देखाएको क्यूआर काड स्क्यान गरि भुक्तानी गर्न सक्नुहुनेछ ।
यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खातालिंक गर्नुहोस् ।यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवा हो ।
सेलपेका अन्यविशेषताहरु यस प्रकार रहेको छ
– वास्तविक समयमा भुक्तानी
– बिना वालेट कारोबार गर्न सकिने
– सरल एवं सुरक्षित
– लोयाल्टी पोइन्ट्स पाईने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खातालिंक गर्नुहोस् ।















प्रतिक्रिया