
-हिमाल बस्याल
एउटै वातावरण, एउटै परिवेश, एउटै स्थानमा पनि मानिसहरुबीचको सफलतामा फरक आउनुको मुख्य कारण उनीहरुको सोचमा रहेको भिन्नताले गर्दा हो ।
नेपालीमा एउटा भनाई छ । सूर्यलाई ताकेर झटारो हान्यो भने अग्लो रुख त पक्कै भेटिन्छ । ठुलो सोच्ने व्यक्तिको सफलता पनि ठुलै हुन्छ भने सानो सोच्ने व्यक्तिको सफलता पनि उसको सोच अनुसारको सानै हुन्छ ।
एकजना एकदमै गरिब केटा जागिरको खोजीमा शहरमा यता उता भौतारिंदै थियो । बाटोमा हिँड्दा हिँड्दै थकाई मार्न एउटा प्रतिक्षालयमा बस्यो ।
र, भोकाएकोले झोलाबाट टिफिन बक्स निकाल्यो । टिफिनमा भएको एउटा मात्रै रोटी भएपनि उक्त रोटी निकालेर खान थाल्यो । उसको खाने तरिका भने निक्कै गज्जबको थियो ।
उसले रोटी टुक्रा पाथ्र्याे । र, टिफिनभित्र लैजान्थ्यो र रोटीसँग केही मिलाएर खाएको जस्तो गरेर खान्थ्यो जबकि उसंग रोटी बाहेक अन्य केहि कुरा थिएन । उसको क्रियाकलाप देखेर प्रतिक्षालयका अन्य ब्यक्तिहरु चकित परे । र, एकजना ब्यक्तिले त्यसो गरेर खानुको कारण सोधे ।
केटोले जवाफ दियो, सर, म यो कल्पना गर्छु कि, यो टिफिनभित्र अचार छ । र, यो रोटीसँग अचार राखेर खाँदैछु । ब्यक्तिले फेरी सोध्यो– तिमिलाई अचारको स्वाद आईरहेको छ त ? केटोले जवाफ दियो– अँ । मलाई अचारको स्वाद आईरहेको छ ।
ब्यक्तिले भन्यो– हेर भाई तिमीलाई कल्पना नै गर्नुछ भने अचार मात्र किन? स्वादिष्ट मासु, पनीरसँग खाएको कल्पना गर न । कल्पना गर्नु नै छ भने किन सानो चिजको कल्पना गर्नु ? ठुलो चिजको कल्पना गर ।
माथिको गरिब केटोको कथाले अधिकांश मानिसहरुको प्रतिनिधित्व गर्छ । विभिन्न वातावरणीय प्रभावले गर्दा पनि हामिहरु ठुलो सोच्न सक्दैनौं र सामाजिक मूल्य मान्यता तथा विभिन्न वातावरणीय तत्वहरुले हामीलाई ठुलो सोच्नको लागि रोकिरहेको छ र, यसको शुरुवात हाम्रो परिवारबाट पनि शुरु हुन्छ किनभने आमाबुवाले आफ्ना अरुको छोराछोरीहरु भन्दा कमजोर ठान्छन् ।
आफ्ना छोराछोरीले छिमेकीको छोराछोरीले भन्दा कम अंक ल्यायो भने आफ्ना छोराछोरीहरुलाई नालायक भन्ने संस्कारबाट उनीहरुको मनोवल गिराउने कार्य भईरहेको हुन्छ येस्तो मान्यताले सानै उमेर देखिनै ठुलो सोच्न सक्दैनन्
हामी जति ठुलो लक्ष्य लिन्छौ, त्यति नै ठुलो सफलता प्राप्त गर्छाै । तर, लक्ष्य लिएर मात्र हुँदैन, उक्त लक्ष्य प्राप्तिको लागि निरन्तर लागिरहनुपर्छ । लक्ष्य लिएपछि मेहनत र दृढताका साथ लागिपर्ने हो भने अवश्य पनि लक्ष्य प्राप्त हुन्छ ।
अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष तथा चीनका सबैभन्दा धनी ब्यक्ति ज्याक मां ले पनि अलिबाबा ग्रुप शुरु सानोबाटै शुरु गरेका थिए । हाम्रो सोच अलि अलि अंग्रेजी बोल्ने ब्याक्तिहरु धेरै पढेलेखेका र स्मार्ट लाग्छन् र यही सोचले गर्दा पनि हामी हरुले आफुलाइ अन्य भन्दा कमजोर ठान्छौ । र ठुलो ठुलो उपलब्धि हासिल गर्न सोचन सक्दैनौं ।
सोच अथवा ठुलोलक्ष्य बनायौं भने साना तथा मझौला लक्ष्यहरु त सजिलै भेटिन्छ । तर सानो लक्ष्य बनायौं भने ठुलो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । हामीले आफूलाई अरुभन्दा कमजोर ठान्नु हुँदैन ।
मैले पढे अनुसार सन् १९६२ मा क्यानाडामा जन्मेका जिम केरी सानोमा हुँदा गरिबीको कारणले गर्दा स्कूलको फि तिर्नको लागि १५ बर्षको उमेरमा ट्वाईलेट सफा गर्ने काम गरे ।
जिम सानोदेखिनै एउटा राम्रो कलाकार बन्ने सपना देख्थे र अभिनय कला सिक्दै रहे । सन् १९९० मा जब जिम हलिउडमा अभिनय गर्ने लक्ष्यका साथ बिभिन्न संघर्ष गरिरहेका थिए ।
एकदिन उसले आफैले आफूलाई उत्प्रेरित गर्नको लागि आफ्नै नाममा ५ बर्ष पछाडी अर्थात सन् १९९५ को मिति राखेर १० मिलियन डलरको चेक काटे र पर्समा राखे ।
केरीलाई ५ बर्षपछि आफूले उत्कृष्ट कलाकारको रुपमा १० मिलियन बराबर रकम पुरस्कार पाउँछु भन्ने बिश्वास थियो । र, सोही अनुसार आफूलाई तयारी गर्दै थिए ।
त्यतिबेला जिम जस्तो गरिब परिवारको ब्यक्तिले १० मिलियन डलरको सपना देख्नु एकदमै ठुलो कुरा थियो । उ त्यतिबेला सामान्य ब्यक्ति थियो ।
तर, उसको सोच ठुलो थियो । १९९० मा नै उसले ५ बर्षपछि अभिनय वापत १० मिलियन डलरको चेक प्राप्त गर्नुपर्छ भन्ने लक्ष्यका साथ आफैले आफ्नै नामको काटेको चेक पर्समा राखेर हिँड्थ्यो । र, दिनदिनै त्यो चेक हेरेर उत्प्रेरित हुन्थ्यो ।
१९९४ सम्म जिम केरीले टिभि सिरियल कतथा केहि फिल्ममा काम गरिरहे । जिमको सपना अनुसार १९९५ मा डम्ब एण्ड डम्बर भन्ने फिल्ममा मुख्य भूमिका निर्वाह गरे जुन फिल्म सुपरहिट भयो । र, उसलाई १० मिलियन डलर पारिश्रमिक प्राप्त भयो ।
हामी जति ठुलो लक्ष्य लिन्छौ, त्यति नै ठुलो सफलता प्राप्त गर्छाै । तर, लक्ष्य लिएर मात्र हुँदैन, उक्त लक्ष्य प्राप्तिको लागि निरन्तर लागिरहनुपर्छ । लक्ष्य लिएपछि मेहनत र दृढताका साथ लागिपर्ने हो भने अवश्य पनि लक्ष्य प्राप्त हुन्छ ।
जिम केरीको आफैँले आफैँलाई उत्प्रेरणा दिलाउन दिनदिनै चेक हेर्ने र मेरो लक्ष्य यो हो भनेर आफैले आफैलाई स्वनिर्देशित गर्ने तरिका मलाई खुब गज्जब को लागेको थियो म उनी बाट धेरै प्रभावित भएको थिए ।
मानिस सफल हुनको लागि उत्प्रेरणको आवश्यक पर्छ । र, त्यो पनि स्वउत्प्रेरणा त झनै आवश्यक पर्छ । प्रत्येक ठुला कार्यहरु प्रत्येक ठुला सफलताहरु एउटा ठुलो सपनाबाट शुरु हुन्छ, एउटा ठुलो लक्ष्यबाट हुन्छ ।
संसारका ख्यातिप्राप्त मोटिभेटरहरुले भन्ने गर्छनः लक्ष्य त्यत्रो बनाउनु कि, जबसम्म मानिसहरु तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् । यदि तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन भने तिम्रो लक्ष्य सानो छ भनेर बुझ्नु ।
बिभिन्न सफल ब्यक्तिहरुको जिवनीलाई अध्ययन गर्ने हो भने पनि उनिहरुले आफ्नो लक्ष्य अरुलाई सुनाउँदा धेरै ब्यक्तिहरुले उनीहरुलाई उडाएका थिए ।
पाकिस्तानको क्रिकेट टिमबाट रिटायर्ड भएपछि इमरान खानले राजनिती पार्टी खोलेर देश परिवर्तन गर्ने लक्ष्य सुनाएका थिए, त्यतिबेला इमरान खानलाई धेरैले साथ दिएका थिएनन् ।
तर, अहिले इमरान खान बहुमत नजिकको पार्टीको हिसाबले पाकिस्तानको प्रधानमन्त्री भएका छन् । सानोबाट शुरु गरेरै भएपनि ठुलो लक्ष्यमा पुग्न सकिन्छ ।
मैले जानेको नेपालको टेलरिङ व्यवसायमा सबैभन्दा स्थापित नाम श्रेष्ठ टेलरिङका बाबुकाजी शाक्यले ६० रुपैंयाबाट ब्यवसाय शुरु गरेका थिए । इमानदार र लगनशीलता हुने हो भने धेरै लगानीको आवश्यक पर्दैन भन्ने उदाहरण पनि हुन् बाबुकाजी ।













प्रतिक्रिया