
काठमाडौँ, १ भदौ । पछिल्लो समय नेपालमा स्वास्थ्यकर्मीहरुमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ ।
हालसम्म ६ सय २३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएको सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. रविन खड्काले जनाएका छन् ।
उनीहरु हाल आइसोलेसनमा उपचाररत रहेका छन् ।
पछिल्लो समय करिब सबै अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । निजी तथा सरकारी दुवै संस्थामा आवद्ध ६ सय २३ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।
विज्ञहरु सरकारले कोरोना नियन्त्रणका लागि ठोस योजना बनाउनुपर्ने बताएका छन् ।















प्रतिक्रिया