६ कार्तिक २०८३, शुक्रबार

कोरोनाबाट थप ३ जनाको मृत्यु, २४ घण्टामा थपिए ५८१ संक्रमित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । नेपालमा कोरोनाभाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

सोमवार आयोजित नियमित प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता गौतमले अहिले देशभरि ९ हजार ६ सय ३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए ।

तीमध्ये सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् ।

मृतकहरू रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला हुन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना निको भए ।

अहिलेसम्म १७ हजार ४ सय ९५ सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभरि क्वारन्टीनमा १५ हजार १ सय ९८ जना छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।