
काठमाडौँ, १ भदौ । दाङ र कञ्चनपुरमा गरी २ जनाका डुबेर मृत्यु भएको छ ।
दाङको गढवा गाउँपालिका–१ रंसिङ खोलामा सोही स्थान बस्ने ३२ वर्षीय बेगम कामीको हिजो दिउँसो डुबेर मृत्यु भएको हो । खोलामा कपडा धुन गएको अवस्थामा उनको डुबेर मुत्यु भएको हो ।
यस्तै, कञ्चनपुरको महाकाली नगरपालिका–८ जर्गा टोलस्थित रामपुरे टापु खल्लामा डुबेर सोही स्थान बस्ने ६३ वर्षीय गंगे कामीको हिजो मृत्यु भएको छ ।
सोही नगरपालिकास्थित जनज्योती माविमा वृद्धभत्ता बुझी घरतर्फ आउने क्रममा उक्त खल्लामा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारको क्रममा मृत्यु भएको हो ।















प्रतिक्रिया