काठमाडौं, ३ चैत । विश्वकप छनोटका लागि दशरथ रंगशालामा भइरहेको खेलमा भारतविरुद्ध नेपालको प्रदर्शन निकै आक्रमक देखिएको छ ।
खेलको ३० मिनेट वितिसक्दा पनि दुवै पक्षबाट गोल हुन सकेको छैन् । तर, नेपाल गोलका लागि कडा मेहनत गरिरहेको छ ।
विश्वकप छनोटअन्तर्गत दशरथ रंगशालामा नेपाली राष्ट्रिय टिमले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाली स्ट्राइकरले गोलका लागि प्रयास गरेपनि अहिलेसम्म सफल हुन सकेको छैन् ।
नेपाली टोली गुहावटीमा बिहीबार सम्पन्न पहिलो लेगमा पराजित भएको थियो । त्यसैको बदला लिन घरेलु मैदानमा भारतसंग खेल्दै छ ।
खेलको उद्घाटन गर्दै खेलकुदमन्त्री पुरुषोतम पौडेल र राखेप सदस्य सचिव युवराज लामाले नेपाली टिमलाई शुभकामना दिएका थिए ।
यसअघि नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको अवस्था छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ ।















प्रतिक्रिया