
काठमाडौँ, ३२ साउन । पाटन अस्पतालमा १२ दिनदेखि उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि कोरोना पुष्टि एका ७२ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
हालसम्म नेपालमा कोरोनाका कारण १ सय ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मुलुकभर गत २४ घण्टामा थप ६ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।















प्रतिक्रिया