
काठमाडौँ, ३२ साउन । नेपाली सेनका ३ जना अधिकारी बर्खास्त भएका छन् ।
सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।
उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा बर्खास्त गरिएका सैनिक अदालतले जनाएको छ ।
समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाएको थियो ।
सैनिक अदालतले उनीहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा दोषी ठहर गरेको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयअनुसार उनीहरुलाई सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएपछि कारबाहीसहित सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो ।
त्यस्तै, अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाइ दिने फैसला गरेको छ ।















प्रतिक्रिया