
काठमाडौँ, ३२ साउन । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले सूचना जारी गर्दै डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ ।
अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढेको छैन ।















प्रतिक्रिया