
काठमाडौँ, ३२ साउन । मोरङको विराटनगरमा स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमै कोरोनाभाइरस संक्रमण देखिएको छ ।
स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगर महानगरपालिकामा स्वाब संकलन रोकिएको छ ।
आइतबार उनमा संक्रमण देखिएको हो । अन्य स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गर्न एक दिनका लागि शंकास्पदको स्वाब संकलन रोकिएको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जनाएका छन् ।
उनका अनुसार संक्रमण पुष्टि भएका चिकित्सकलाई केही दिनयता कोरोनाको लक्षण देखिएको थियो ।
त्यस्तै, आइतबार विराटनगरमा महानगरपालिकामा थप ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ ।
संक्रमित मध्ये ८६ जना कोरोना मुक्त भएका छन् भने सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार विराटनगर २ तीन पैनीकी ५० वर्षीया महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।















प्रतिक्रिया