
काठमाडौं, ३२ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी वेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय र अन्य विभिन्न सरोकारवाला निकायहरूको सक्रियतामा खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले बताएको छ ।
हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका, ७ जना बालकसहित १९ जनाको शव फेला पारेको बताइएको छ ।
पहिरोमा परी हराइरहेका अझै २० जनाको खोजीकार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ । शुक्रबार नै नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत खाद्यान्न, लत्ताकपडा र पाललगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी पहिरो प्रभावित स्थानमा पुर्याएको पनि सेनाले बताएको छ ।
पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए ।
तस्वीरमा हेर्नुहोस् खोज तथा उद्धारको केही दृश्यहरू–

तस्वीर सौजन्य : नेपाली सेना















प्रतिक्रिया