काठमाडौं, ३ चैत । प्रेस चौतारी रासस शाखाले यस वर्षको ‘प्रेस चौतारी रासस शाखा सम्मान–२०७१’ राससका वरिष्ठ कार्यकारी सम्पादक सरला सङ्ग्रौलालाइ र ‘प्रेस चौतारी रासस शाखा पुरस्कार–२०७१ रासस काकँडभिट्टा ९झापा०का प्रतिनिधि चन्द्रकला भण्डारीलाई प्रदान गरेको छ ।
पुरस्कारका साथ रु पाँच हजार र ताम्रपत्र छ । चौतारी रासस शाखाको चौथो वार्षिकोत्सवका अवसरमा ती सम्मान र पुरस्कार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वितरण गर्नुभयो ।
सङ्ग्रौला राससमा दुई दशकभन्दा बढी समयदेखि समाचार सम्पादन र नेपाली समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्छ भने भण्डारी झापाको काकँडभिट्टामा स्थानीय समाचारदाताका रुपमा पाँच वर्षदेखि कार्यरत हुनुहुन्छ ।
पुरस्कृत व्यक्तित्व भण्डारीले आफ्नो पेसालाई थप प्रभावकारी बनाउन पुरस्कारले प्रोत्साहन मिलेको बताउनुभयो ।
यसअघि चौतारी रासस शाखा पुरस्कार राससका वरिष्ठ सम्पादक तीर्थप्रसाद भट्टराई र रासस नवलपरासीका समाचारदाता विद्रोही गिरीलाई प्रदान गरिएको थियो । रासस















प्रतिक्रिया