३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले गरे मोदीसँग टेलिफोन सम्वाद

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शनिबार टेलिफोन सम्वाद भएको छ ।

दुई समकक्षीबीच सम्वाद भएकोबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्विटमार्फत पुष्टि गरेका छन् । तर, वार्ताबारे जानकारी परराष्ट्र मन्त्रालयले दिने उनले बताएका छन् ।

उनले भर्खरै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ ।’

संयोगले आज भारतको ७४औं स्वतन्त्रता दिवस पनि हो । दिवसबारे प्रधानमन्त्री ओलीले यसअघि नै शुभकामना सन्देश पठाइसकेका छन् ।

यद्यपि, टेलिफोनको मुख्य उद्देश्य पनि शुभकामना प्रदान गर्ने भए पनि ओलीले मोदीसँगको सम्वादमा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतबारे पनि कुरा राखेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै प्रधानमन्त्री ओलीले अन्य दुईपक्षीय विषयमा पनि कुराकानी गरेको बताएका छन् ।