जनकपुरधाम, ३ चैत । राहदानी समयमा नआएपछि वैदेशिक रोजगारीमा जाने युवा समस्यामा परेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट विभागमा राहदानीका लागि फारम पठाइए पनि विभागले समयमा राहदानी नपठाएका कारण वैदेशिक रोजगारीमा जाने युवाहरुले समयस्या भोग्नुपरिरहेको छ ।
करिब दुई वर्षअघि निवेदन दिएका सपही गाविस–३, गजरियाका सुनिल यादवले अहिलेसम्म पनि राहदानी नआएको बताएका छन् । काठमाडाँैबाटै राहदानी नआएको बताउँदै कर्मचारीले निवेदन लेखेर राजधानी नै जानुपर्ने भन्दै फर्काउने गरेको उहाँले बताउनुभयो ।
“तीन महिना भइसक्यो तर हालसम्ममा राहदानी प्राप्त भएको छैन” उहाँले भन्नुभयो ।
अर्का पीडित लक्ष्मीनिवासका रामसुदिष्ट महतोले ऋण काढेर विदेश जान पनि सास्ती भोग्नुपरेको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलाले दैनिक करिब एक सय बढी सेवाग्राही राहदानी लिन आउने गरेको बताउनुभयो । कार्यालयबाट फारम भरेर काठमाडाँैको राहदानी विभागमा पठाए पनि समयमा नआएका कारणले समस्या देखिएको उहाँले बताउनुभयो ।
समयमा राहदानी नआउनुमा जिल्ला प्रशासन कार्यालय मातहतका कर्मचारीको कुनै कमजोरी नदेखिएको बताउँदै सहायक प्रजिअ बास्तोलाले यसका लागि विभाग गम्भीर हुन जरुरी छ भन्नुभयो । रासस















प्रतिक्रिया