७ मंसिर २०८३, सोमबार

वीरगन्जमा कोरोनाबाट थप एकजनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ३१ साउन । वीरगन्जकाे नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

साउन २४ गते उपचारका लागि ती पुरुष कोरोना अस्पताल भर्ना भएका थिए ।

डा.सिंहले मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसकाे समस्या रहेकाे थियाे ।

पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।