३० आश्विन २०८३, शुक्रबार

प्रहरी पेट्रोल पम्पका असई अख्तियारको नियन्त्रणमा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । प्रहरी कल्याण कोषद्धारा नक्सालमा सञ्चालित पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरी सहायक निरीक्षक कार्कीले पेट्रोल पम्पमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा गरी १ करोड ८ लाख ९९ हजार १८४ रुपैंयाँ हिनामिना गरेको प्रहरी प्रधान कार्यालयकै रिर्पोटका आधारमा अख्तियारले छानबिनका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले पत्र पठाएपछि कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।