३० आश्विन २०८३, शुक्रबार

जिल्ला तहका तीन नेतालाई राजपाले पार्टीबाट हटायो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आफ्नो जिल्ला तहका तीन जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

राजपा चितवन जिल्ला उपाध्यक्ष एलिमा मिया, क्षेत्रीय अध्यक्ष हिरालाल थिङ र युवा संघका जिल्ला उपाध्यक्ष दिपक तमाङ (नवीन) लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको राजपाले बताएको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी राजपाले उनीहरुलाई कारबाही गरेको जानकारी दिएको हो । पार्टी विधि विधान र पार्टीको क्षेत्राधिकारबाहिर गएर पार्टीलाई आँच पुर्याउने कार्य गरेकाले उनीहरुलाई कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ ।

जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठ र सचिव खुशीलाल थिङद्वारा विज्ञप्ति जारी गरी उनीहरुलाई पार्टीबाट निष्कासन गरेको हो ।