३० आश्विन २०८३, शुक्रबार

कार्यदल गठन हुनु सकारात्मक : योगेश भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेकपाको विवाद समाधानका लागि कार्यदल गठन हुनु सकारात्मक भएको बताएका छन् ।

पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउनुको अर्को विकल्प नभएको भन्दै नेता भराईले पार्टीभित्रको समस्या चाँडो समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘नेकपामा उत्पन्न समस्या र गत्यारोधको समाधानका लागि कार्यदल मार्फत प्रक्रिया शुरु हुनु सकारात्मक छ । पार्टीलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउनु बाहेक अर्को कुनै बिकल्प छैन ।’

यसअघि शुक्रबार नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेताहरु शंकर पोखरेल, जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल छन् । कार्यदलको प्रतिवेदनका आधारमा छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ ।

शुक्रबारको छलफलमा प्रधानमन्त्री ओलीले दुबै पदबाट आफूलाई नहटाउन आग्रह गरेको बताइएको छ । ओलीले पार्टीको निर्णयअनुसार चल्ने, सरकारका निर्णय सचिवालय बैठकबाट अनुमोदन गर्ने, संघीय र प्रादेशिक मन्त्रिपरिषद् पुनर्गठन गर्ने, आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गर्ने र बैचारिक विवाद महाधिवेशनबाट समाधान गर्ने प्रस्ताव गरेपछि कार्यदल गठनको अवस्थासम्म पुगेको एक नेताले बताए ।