मुम्बई । बलिउडका मिस्टर पर्फेक्टनिष्ट आमिर खानले आफ्नी श्रीमतीसंग सम्बन्ध विच्छेद गर्न लागेको खबरहरु सार्वजनिक भएका छन् ।
अभिनेता आमिरले आफ्नो निजी जिन्दगीमा श्रीमती रीनासंग सम्बन्धविच्छेद गरेर दोस्रो विहे गरेका थिए । खबरअनुसार आमिर फेरि सम्बन्धविच्छेद गर्दैछन् ।
अभिनेता आमिरले रियल लाईफमा होईन् चलचित्रमा श्रीमतीसंग सम्बन्ध विच्छेद गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आमिर एक चलचित्रमा मदिरा सेवन गरी श्रीमतीलाई घरबाट निकाल्ने भुमिकामा देखिदैछन् ।
जीवनको ५०औं वसन्तमा प्रवेश गरेका आमिरले बलिउडकी अभिनेत्री कंगना रावतसंग चलचित्रमा सम्बन्ध विच्देछ भुमिका खेल्ने छन् । तर यो चलचित्र अहिले निर्माण हुनेछैन् । आमिर अहिले दंगलको शुटिङमा व्यस्त छन् ।















प्रतिक्रिया