३० आश्विन २०८३, शुक्रबार

अमेरिका निर्वाचन २०२० : मत सर्वेक्षणमा अगाडि डोनल्ड ट्रम्प कि जो बाइडन ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । अमेरिकी मतदाताले आगामी नोभेम्बर २ मा डोनल्ड ट्रम्प र जो बाइडनमध्ये कसलाई आगामी चार वर्षका लागि ह्वाइट हाउस पठाउने भनेर निर्णय गर्ने छन् ।

रिपब्लिकन पार्टीबाट निर्वाचित पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पसँग डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन् । सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय बाइडन सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए ।

निर्वाचन नजिकिँदै गर्दा मत सर्वेक्षण कम्पनीहरूले मतदाताहरूले कुन उम्मेदवारलाई रुचाएका छन् भनेर सोधिरहेका छन् । सर्वेक्षण कम्पनीहरुले कसले निर्वाचन जित्छ भन्ने विषयमा के कुरा स्पष्ट पार्न सक्छन् र के कुरा स्पष्ट पार्न सक्दैनन् भन्ने यहाँ उल्लेख गरिएको छ ।

उम्मेदवारहरूको देशभरि स्थिति कस्तो छ ?

राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन्। तर, तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन ।

सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिऊँ । हिलरी क्लिन्टन मतसर्वेक्षणमा अगाडि थिइन् । डोनल्ड ट्रम्पले भन्दा उनले झन्डै ३० लाख बढी मत पाइन् । तर, उनी पराजित भइन् ।

किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ । त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन ।

यो कुरा एकातिर राखौँ । देशव्यापी मत सर्वेक्षणहरूमा वर्षको अधिकांश समय डोनल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिएका छन् ।

केही सातायता ५० प्रतिशत मतदाताले उनलाई रुचाएको देखिएको छ । कहिलेकाहीँ त उनी १० अङ्कले अग्रता लिन्छन् ।

यसविपरीत सन् २०१६ मा सर्वेक्षणहरू त्यति धेरै स्पष्ट थिएनन् । निर्वाचनको दिन नजिकिँदै गर्दा बेलाबेलामा ट्रम्प र क्लिन्टनबीच केवल दुई प्रतिशतको भिन्नता देखिएको थियो । बीबीसी नेपाली