३ कार्तिक २०८३, मंगलबार

गायक माथेमाको “स्वप्निल रङ्गमा रङ्गेकी तिमी” सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क । गायक हरिश माथेमाको “स्वप्निल रङ्गमा रङ्गेकी तिमी ” नयाँ भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका गायक माथेमाको यो गीत चर्चितमध्ये कै एक हो ।

गायक माथेमाले अमेरिका उक्त गीतलाई नयाँपन दिदै नयाँ प्रस्तुति दिएका छन् । उक्त भिडियोमा नयाँ कलाकारले अभिनय गरेका छन् ।

भुपेन्द्र रायमाझीको शब्द र सङ्गीत रहेको उक्त गीत सबैको मुखमा झुन्डिएको थियो ।

सङ्गीत संयोजन दिवेश मुल्मीको रहेको छ । कलाकार उकुषा गिरी तथा मन्श श्रेष्ठले अभिनय गरेका छन् । सम्पादन तथा निर्देशन लोकेश बज्राचार्यले गरेका छन् ।