३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको काँडाघारीमा १५ वर्षीया किशोरी बलात्कृत, सुशील खड्का पक्राउ

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भई हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ ।

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ बियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जबरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।